
काठमाडौं । निर्वाचन आयोगबाट दलको आधिकारीता पाएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय बबरमहलमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।
आज बस्न लागेको पहिलो बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको अवको रणनीतिबारे छलफल हुने बताइएको छ । लोसपाले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मन्यता पाएको हो ।
प्रतिक्रिया