
काठमाडौं । भारतीय जनता पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसंग भेट गर्नु भएको छ ।
चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालसँग भेटेको जानकारी दिनुभएको हो ।
भेटमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भएको उहाँले उल्लेख गर्नु भएको छ ।
चौथाइवालेले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग भेटवार्ता गर्नु भएको थियो ।
प्रतिक्रिया