Pura Samachar

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

प्रकाशित: August 26, 2021

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । मध्याह्न १२ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बस्ने गरी एमालेको बैठक बोलाइएको हो ।

बुधबार एमाले औपचारिक रुपमा विभाजन भएसँगै एमाले केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको सम्बन्धमा छलफल हुने जनाइएको छ । त्यसैगरी बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्नेका साथै संगठनात्मक विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

बुधबार निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको छ । एमालेबाट अलग्गिएर ५५ जना केन्द्रीय कमिटी सदस्यले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बनाएका छन् ।

प्रतिक्रिया