
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन।
पटकपटक पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको मुद्दामा आज पनि सुनुवाई नभएको हो ।
विपक्षीको कानून व्यवसायीबाट सुनुवाइ स्थगितका लागि माग भएपछि शुक्रबार आलमको मुद्दामा सुनुवाई हुन नसकेको हो ।
सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशहरु प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।
प्रतिक्रिया