Pura Samachar

ललितपुरमा बाढीले बगाएर महिलाको मृत्यु

प्रकाशित: August 28, 2021

ललितपुरमा बाढीले बगाएर महिलाको मृत्यु

ललितपुर ।  ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नम्बर ७ गिम्दीको संगमस्थल शुभाने खोलामा बगेर एक महिलाको मृत्यु हुनका साथै एकजना बालिका बेपत्ता भएकी छन् ।  तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ४ बजेतिर खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा करिब आठ वर्षीया बालिका बेपत्ता भएको  वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेलले जानकारी दिनु भयो।  ज्यान गुमाउनेमा स्थानीय सञ्जु सिङतान भएको  सञ्जेलले बताउनु भयो ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक  राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको जानकारी दिनु भयो ।

प्रतिक्रिया