
मुख्यमन्त्री भीम आचार्यले मन्त्रीमण्डललाई पूर्णता दिन नपाउँदै प्रदेश १ सरकार धर्मराउने अवस्थामा पुगेको छ।
प्रदेशका १० जना एमाले सांसदले शुक्रबार आफूहरू नेकपा एकीकृत समाजवादीमा जाने निर्णय गरेका छन्।
एमालेमा छँदा माधव नेपाल समूहमा रहेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नयाँ दल रोज्ने निर्णय गरेका हुन्।
निर्वाचन आयोगमा निवेदन नदिएसम्म उनीहरू तटस्थ बस्न खोजेका छन्। विराटनगरमा शुक्रबार साँझ भएको उनीहरूको बैठकले निर्वाचन आयोगमा आउँदो मंगलबार समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेका छन्।
‘हामी १० जना भेला भएर यस्तो निर्णय गरेका छौं,’ बैठकमा सहभागीमध्येका एक सांसदले भने, ‘अब मंगलबार निर्वाचन आयोगमा सनाखतका लागि निवेदन दिनेछौं।’
यदि यी दसै जना सांसद आफ्नो निर्णयमा अडिग रहे र पाँच दलीय गठबन्धनमा यसबीचमा आश्चर्यजनक दरार नआए आचार्य नेतृत्वमा भर्खरै बनेको सरकार ढल्ने निश्चित भएको छ। विपक्षी गठबन्धनका नेताहरूले अहिलेको सर
सरकार ढाल्ने र नयाँ बनाउने तयारी सुरू भइसकेको बताएका छन्।
विपक्षी गठबन्धनका लागि सरकार ढाल्न र नयाँ बनाउन गठबन्धनको निरन्तरता र समाजवादी जाने निर्णय लिएका सबैको ‘चट्टानी अडान’ आवश्यक पर्नेछ। दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ। त्यसबेला सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्नेछ।
प्रदेशसभामा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्। तीमध्ये एक जना सांसद (गुलेफुन खातुन) फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन्। उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद रहन्छन्।
यसमध्ये १० जनाले पूर्वनिर्णय मुताविक पार्टी त्यागे एमालेको सांसद संख्या ४१ मा झर्नेछ। जसमा एक जना सभामुख पनि छन्। बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। यसरी एमालेको कूल मत संख्या ३९ मा झर्नेछ।
विपक्षी गठबन्धनमा रहेका दलहरुमध्ये काँग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्। यी तीन दलसँग जम्मा ३९ जना सांसद छन्। त्यसमा एकीकृत समाजवादीका १० जना थपिँदा ४९ जना हुनेछ। गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चको एक जना सांसदको साथ पनि पाउने बताएको छ। मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे थपिँदा कूल संख्या ५० हुनेछ। संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।
यो गणितले मुख्यमन्त्रीमा आसिन भएको तेस्रो दिन नै आचार्य अल्पमतमा परेको देखाउँछ। प्रदेशसभामा जसरी पनि बहुमत जुटाउने वाचा गर्दै तेस्रोपटकको प्रयासमा सत्तासिन बनेका आचार्यलाई पछिल्लो निर्णयले चुनौती थपिदिएको छ।
बिहीबार आफूले सपथ लिएपछि शुक्रबार दुई जनालाई मन्त्रीमा नियुक्त गरेका आचार्यले मन्त्री बन्न आग्रह गरेकै सांसदहरूले माधव नेपाल नेतृत्वको नयाँ दल रोज्ने निर्णय गरेका हुन्। आचार्यले यी १० जनामध्ये अधिकांशलाई मन्त्री बनाउने आश्वासन दिँदै आफूलाई सघाउन आग्रह गरेका थिए।
तर, यी सांसदमध्ये कसैले पनि साथ नदिने र यो संख्या अरु बढ्ने प्रदेशको नेपाल समूहको दाबी छ। यो समूहका प्रदेश १ का नेता राजेन्द्र राईले एकीकृत समाजवादीमा प्रदेशका कम्तीमा १५ जना एमाले सांसद रहने दाबी गर्दै आएका छन्। ओली पक्षका नेता एवम् निवर्तमान मन्त्री हिक्मत कार्की भने समाजवादीमा लाग्नेको संख्या नगन्य हुने र एमालेको वर्चश्व कायम रहने दाबी गरिरहेका छन्।
आचार्यले मुख्यमन्त्रीको सपथ लिएलगत्तै नेता राईले प्रदेश सरकार दुई दिनमै
प्रतिक्रिया