
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक जारी छ ।
बिहीबारदेखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
बैठकमा लोसपाको संगठन निर्माण तथा सुदृढीकरण लगायतका एजेण्डामा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिनुभयो ।
नयाँ पार्टी गठन भइसकेपछि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठनलाई पुनर्गठन गर्न कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया