Pura Samachar

एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन:केपी ओली

प्रकाशित: August 28, 2021

एक-दुई पात पहेंलिएर खस्दैमा रुख ढल्दैन:केपी ओली

एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई पहेंलिएका ‘पात’को संज्ञा दिएका छन्।

उनले त्यस्ता एक दुई पात पहेंलिएर झर्दैमा रुख नढल्ने भन्दै ओलीले एमालेलाई रुखको संज्ञा पनि दिए।

‘एक दुई वटा पात पहेंलिएर खस्दैमा रुख ढल्दैन, नयाँ नयाँ पालुवा पलाउँदै जान्छन्, नयाँ हाँगा पलाउँदैछन्,’ ललितपुरमा आयोजिन युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शनिबार भने।

उनले पातहरू खस्दैमा पिर मानेर पनि नहुने बताए। उनले अझ मगबुत हाँगाहरू पलाउँदै जाने बताए।

मान्दै मान्दिँन भनर कसम खाएर एमाले सिध्याउँछु भनेर लागेपछि माधव नेपाललाई केही सम्झाउन नसकेको उनले बताए।

‘एमालेलाई सिध्याउँछु, देशलाई अफ्ठ्यारो पार्छु भनेर लागेपछि। विदेशी दाललीमा कसम खाएर लागेपछि सम्झाएर हुन्छ? पार लाग्दैन। सम्झाउन खोजेँ पार लागेन,’ ओलीले भने, ‘पाँच-पाँच पटक भेटेर सम्झाएँ, मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ, तर माधव नेपाललाई सकिनँ।’

पानी समातेर तिमीले सम्झाएको मान्दै मान्दिनँ, धरोधर्म भनेर लागेपछि के गर्ने भन्दै ओलीले यसमा चिन्ता गरेर नबस्ने बताए।

एमालेविरूद्ध मोर्चा बनाउँछन् रे। मिलेर लड्ने हो रे। एक-एक दर्जनका दस वटा पार्टी जोड्दा १० दर्जन भए। १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने रे,’ उनले भने, ‘माधव नेपालका नक्कली नाम, दोहोरिएका नाम जोड्दा ५५ र २९ जना मिलेर एमालेसँग लड्ने रे, कुरामा उहाँहरू लड्नुहुन्छ। मैदानमा व्यवहारमा होइन,’ उनले भने, ‘एमाले ढोडको लौरो समातेर हिँड्दैन, ढोडको लौरो टेकेर कोसी तरिँदैन। पौडिएर लड्ने क्षमता हामीसँग छ,’ उनले भने

ओलीले आफ्नो पार्टीसँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताए।

उनले एमाले विभाजन नभएको पनि बताए। ‘एमाले फुटेको होइन, पतित भएकाहरू बाहिरिएका हुन्। यो चोइटिएको मात्रै हो। फुट्नु भनेको पक्लक्कै हुन्छ,’ उनले भने, ‘नुहाउँदा पनि एक-दुई वटा कपाल झर्छन्।’

प्रतिक्रिया