Pura Samachar

प्रधानमन्त्री पत्नी आरजु देउवा धनगढीमा

प्रकाशित: August 29, 2021

प्रधानमन्त्री पत्नी आरजु देउवा धनगढीमा

धनगढी । नेपाली कांग्रेसकी नेतृ एवम् प्रथम महिला डा आरजु राणा देउवा धनगढी पुग्नुभएकाे छ । सुदूरपश्चिमकाे मुख्य पर्व गाैरा मनाउन देउवा धनगढी पुग्नुभएकाे हाे ।

उहाँले तीन वर्षअघि धनगढीमा घर खरिद गरेपछि हरेक वर्ष गाैरापर्व मनाउँदै आउनुभएकाे छ । देउवाले सुदूरपश्चिमकाे चलन र संस्कार अनुसार निवासमा गाैरा भित्र्याउनुभएकाे छ ।

‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुहाएर  साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

प्रतिक्रिया