Pura Samachar

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: August 30, 2021

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक बस्दैछ ।  मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि स्थायी कमिटीकाे बैठक बस्न लागेकाे हाे ।

सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रपिरिषद् विस्तारका लागि छलफल भएको थियो ।

यी विविध विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागि स्थायी कमिटीको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङले जानकारी दिनुभयाे  ।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा भने मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि व्यक्तिगत कुनै विषयमा निर्णय हुन नसकेकोले त्यसकाे टुंगाे स्थायी कमिटीले लगाउने उहाँकाे भनाइ छ । स्थायी कमिटीकाे बैठकले पार्टीबाट सरकारमा  जाने मन्त्रीकाे टुंगाे लगाउने पनि गुरूङकाे भनाइ छ ।

बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया