
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २९५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार यही अवधिमा थप१ हजार ८०८ जना काेराेना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १६ हजार २३३ जनामा काेराेना परीक्षण भएका छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा काेराेना संक्रमणबाट १६ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया