
![]()
हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३९ लाख ०६ हजार ०२९ जना पुगेको छ । हालसम्म ७ लाख १४ हजार ५२० जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८०८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार ८७४ रहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १६ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ७३० पुगेको छ।
प्रतिक्रिया