
काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल एक हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार सात सय ८६ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ लाख १६ हजार ३०६ रहेको छ ।
मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ७५० जना पुगेको छ । हाल देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन्
प्रतिक्रिया