Pura Samachar

कांग्रेस सभापतिमा उठ्ने गोपालमान श्रेष्ठको घोषणा

प्रकाशित: September 2, 2021

कांग्रेस सभापतिमा उठ्ने गोपालमान श्रेष्ठको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ । स्याङ्जाका अगुवा कार्यकर्ता भेलामा बोल्दै श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गर्नुभएको हो।

उहाँले आफूले पहिलेदेखि सभापतिमा उठ्ने योजना बनाएको तर गृहजिल्लामा भएको कार्यकर्ता भेलामा आफूले औपचारिक रुपमा घोषणा गरेको जानकारी दिनुभयो । श्रेष्ठले आफूलाई देशभरका नेता कार्यकर्ताको सहयोग रहेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि नै यस महाधिवेशनमा सभापति लड्ने भएका छन् । देउवा निकटका उहाँहरु दुई जना सभापतिमा उठ्ने भएपछि देउवालाई फेरि सभापति जित्न मुस्किल हुने भएको छ ।

प्रतिक्रिया