
काठमाडौ । मन्त्रिपरिषद् विस्तारका २२ गतेपछि मात्रै हुने भएको छ ।
निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका निर्वाचित प्रतिनिधिहरूलाई दल रोज्ने समय भदौ २२ गतेसम्म दिएकोले त्यसअघि मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।
आयोगले नयाँ पार्टीमा प्रवेश गर्नेहरुको सनाखतका लागि तोकिदिएको तीन साताको अवधि भदौ २२ गतेसम्म रहेको छ ।
राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेशको व्यवस्था अनुसार नेकपा एमाले र जनता समाजवादी पार्टीका निर्वाचित प्रतिनिधिहरूले दल रोज्न पाउँछन् ।
एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबाट लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका छन् । अहिले प्रदेश र स्थानीय तहमा पनि निर्वाचित प्रतिनिधिले दल रोज्ने क्रम जारी छ । प्रदेश १ र बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेको छ । त्यसैले भदौ २२ पछि दुवै प्रदेशमा गठबन्धन सरकार बन्ने निश्चित भएको छ ।
प्रतिक्रिया