Pura Samachar

साझा उम्मेदवार तय गर्ने पाैडेल समूहकाे निर्णय

प्रकाशित: September 2, 2021

साझा उम्मेदवार तय गर्ने पाैडेल समूहकाे निर्णय

काठमाडौं ।  नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिका उम्मेदवार साझा रूपमा चयन गर्ने बताएका हुन् ।

बिहीवार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकता महाधिवेशन अटुट रहेन बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ।’

प्रतिक्रिया