Pura Samachar

प्रधानमन्त्री देउवाले भेटे झलनाथ खनाल

प्रकाशित: September 2, 2021

प्रधानमन्त्री देउवाले भेटे झलनाथ खनाल

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेट गरेका छन्।

खनाल निवास डल्लु पुगेर देउवाले भेट गरेका हुन्।

भारतबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका खनाललाई देउवाले भेटेर स्वास्थ्य लाभको कामना गरेका हुन्।

प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेको र खनालको स्वास्थ्य अवस्थाबारे छलफल गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

प्रतिक्रिया