
काठमाडौ । काठमाण्डाैकाे मुटुमा रहेका बागमती नदीमा एक युवकको शव भेटिएको छ। मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो ।
शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको प्जाहरीले जनाएकाे छ । बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मीन लामाले जानकारी दिनु भयाे ।
उनको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । तामाङकाे शव विहान प्रहरीले नै देखेको थियो।
प्रतिक्रिया