Pura Samachar

पशुपति विकास कोषको सदस्य सचिवमा मिलन थापा नियुक्त

प्रकाशित: September 3, 2021

पशुपति विकास कोषको सदस्य सचिवमा मिलन थापा नियुक्त

काठमाडौं । पशुपति विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापा नियुक्त हुनुभएकाे छ ।  थापालाई भदाै १८ गते बिहीवारकाे निर्णयअनुसार सदस्य सचिव पदमा नियुक्त गरिएको हो ।

उहाँलाई प्रधानमन्त्रीस्तरीय बैठकले चार वर्षका लागि नियुक्त गरेको बताइएकाे छ। उहाँकाे आजै पदबहाली गर्ने तयारी गरिएको  स्राेतले जनाएकाे छ ।

थापा यसअघि विकास कोषको कोषाध्यक्षका रुपमा कार्यरत रहिसक्नुभएकाे छ ।

प्रतिक्रिया