
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।
उहाँले शुक्रवार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनु भएको हो । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी गौतमले पार्टी छोड्नु भएको हो । उहाँ एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट हुनुहुन्थ्यो ।
शुक्रवार उपाध्यक्ष गौतमले माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफ्नो शर्त राख्नु भएको थियो । मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने उहाँको शर्त छ ।
नेता नेपालको पार्टी एकीकृत समाजवादीले आफ्नो शर्त नमाने सो पार्टीमा सामेल हुन नसकिने नेता गौतमले बताउनु भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने अझै आफूहरुले जबज नछोडेको बताउँदै आउनु भएको छ ।
प्रतिक्रिया