Pura Samachar

थप १०२४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

प्रकाशित: September 4, 2021

थप १०२४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप एक हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २४ जनाम कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १९५ कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

प्रतिक्रिया