
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ ।
दशरथ रंगशालामा साँझ साढे ५ बजेपछि शुरु हुने खेलमा नेपाल जित निकाल्ने योजनाका साथ मैदान उत्रनेछ ।
नेपाल बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल पहिलो खेलमा बराबरीका रोकिएको हो ।
साफ च्याम्पियनसिपको तयारीका लागि दुवै टोलीले मैत्रीपूर्ण खेल खेलेको हो । अर्को महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाली टिम तयारीमा छ । यस्तै आज हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गर्नेछन् ।
प्रतिक्रिया