Pura Samachar

थप ४४ लाख डोज खोप ल्याउने सरकारको तयारी

प्रकाशित: September 5, 2021

थप ४४ लाख डोज खोप ल्याउने सरकारको तयारी

काठमाडौं । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक साताभित्र नेपाल आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतवार विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनबारे जानकारी दिँदै थप ४४ लाख डोज खोपको भुक्तानी भइसकेको जाकनारी दिनुभएको हो । अबको एक साताभित्र खोप नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले आउँदो दशैँसम्म ३३ प्रतिशत नागरिकलाई खोप दिइसक्ने सरकारको योजना रहेको बताउनुभयो ।

त्यस्तै, १८ वर्षमुनिका बालबालिकालागी ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया