
ओखलढुंगा । ओखलढुंगामा गएराती भिषण वर्षातसँगै परेको चट्याङ्गका कारण ७ जना बेहोस भएका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं। १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा ७ जना बेहोस भएका हुन ।
चट्याङ्गलागेर बेहोस भएका मध्ये ४ जनाको पछिल्लो अबस्था सामान्य रहेको र तिन जनाको अबस्था भने गम्भिर रहेको बेतिनीका वडा अध्यक्ष दामोदर धमलाले जानकारी दिनु भयो । चट्याङले लागेर विष्णु कुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था भने गम्भिर रहेको धमलाको भनाइ छ। गम्भिर अबस्थामा रहेका तिनैजनालाई उपचारका लागि ओखलढुंगा सामुदायीक अस्पताल सोब्रु पुर्याईएको छ । चट्याङ लागेर बेहोस भएका टंक कुमारी दाहाल, भेष कुमारी दाहाल र गुण कुमारी भुजेलको अबस्था भने अहिले सामान्य रहेको बताइएको छ।
चट्याङले लागेर स्थानीयका एक दर्जन बढि घरमा क्षति गरेको छ । आधा दर्जन बढि दुहुना भैसी, गाई, बाछो, खसी बाख्राहरु मरेको वडा अध्यक्ष धमलाले बताउनु भयाे । घटनाको बारेमा जानकारी हुनासाथ अहिले जिल्ला प्रहरी कार्यालयवाट प्रहरीको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको क्षतिको विस्तृत विवरण भने आउन बाकी रहेको प्रहरीकाे भनाइ छ ।
प्रतिक्रिया