Pura Samachar

संखुवासभाको मादीमा एकै परिवारका छजनाकाे विभत्स हत्या

प्रकाशित: September 6, 2021

संखुवासभाको मादीमा एकै परिवारका छजनाकाे विभत्स हत्या

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको छ।गएराति मादी –१ स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या भएकाे हाे ।

सोमबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय  तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया  रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेकf छन् ।

घटनाको थप विवरण आइसकेको छैन् ।  मृतक केहीको शव घर भित्र केहीको बारीमा र खोलामा पनि भेटिएको र शरीरमा चोट रहेकाले हत्याको आशंका गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी सहितकाे प्रहरी टोली घटनास्थल तर्फ लागेकाे बताइएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेको साथै घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८, ११:४८:००

प्रतिक्रिया