
डा. हरिमोहन पोखरेल
भारतेली साहित्यिक धरातलमा कविता लेखन व्यापक रूपमा भएको पाइन्छ ।’मा निषाद —‘बाट प्रारंभ भएको कविताको यात्रा आज सम्म निर्वाध रूपमा यथावत बगेको पाइन्छ ।एकातर्फ भन्नुपर्दा साह्रै सस्तो विधा नै भनौ ।जस्तो सुकै मान्छेले पनि सर्वप्रथम कविता नै कोरेको पाइन्छ ।यसै क्रममा दक्षिण सिक्किम निवासी मित्रवर के एस राई ‘सहयोगी ‘को प्रथम काव्य संगालो पनि पाइन्छ ।जसमा मानवीय संवेदनाका कतिपय पक्षहरूलाई कवितामा सजाउने प्रयास गरेको देखिन्छ ।अर्को तर्फ कविले दुई हरपे कविता लेखेर नया आयाम थपेका छन ।
यसै क्रममा कविका कविताहरू यस प्रकार छन —-
उमेर
सक्यो सबैलाई ढाॅटन
सकेन समयलाई ढाॅटन ।।
कविले समयको सत्यलाई सलाम गर्दै मान्छेले आफ्नो उमेर ढाॅटेता पनि समयलाई ढाॅटन नसक्ने कुरा बताएका छन ।यसै गरी
मृत्यु कवितामा कवि भन्छन —
‘मृत्यु ‘
छोटो निद्रा पछि
लामो निद्रा ।
जीवनमा छोटो निद्रा पछि नै अनंतको यात्रा शुरू हुन्छ भन्ने कुरा सार्वजनिक नै छ ।मृत्यु वास्तविक रूपमा छोटो निद्रा नै हो ।यतिमात्र होइन कविले फेरि युवाहरूलाई पनि नै घचघचयाएको होइन ‘युवाहरू प्रति ‘कवितामा कवि यसो भन्छन–
फकरन पर्ने बेलामा वसन्तमा
किन लत्रेका यी वैशका फूलहरू ।
संसारभरि नै व्यापक मात्रामा भई रहेको धर्मान्तरणलाई व्यंग्य कस्तै कवि भन्छन –
धर्मान्तरण
भिडियो कल र डीलक्स बसको
लोभ देखाउदै पर्यटकहरूलाई लोभ्याउँदैछन
यहाँका थुप्रै ट्रेवल एजेन्सीहरू ।
यस्तै गरि कविले विभिन्न प्रकारका विचार र शीर्षक दिएर एक हरपे कविताले सङ्ग्रहलाई नया रूप दिएका छन ।कविको यो पहिलो प्रयास नै अब्बल दर्जाको छ भन्दा दुइमत छैन ।कविको प्रयास निरंतर जारी रहोस ।यिनै कुरा संग कलम राखें
प्रतिक्रिया