
काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलवार बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
फिस्लिङबाट गएको सडक विभागको मेसिनसहितको टोलीले पहिरो हटाउने कार्य गरिरहेको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।
पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन रोकिएका छन् ।
प्रतिक्रिया