Pura Samachar

कांग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

प्रकाशित: September 7, 2021

कांग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक बोलाइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

बैठकमा भोलि बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । दलको बैठकमार्फत संसदमा पार्टीका सांसदहरुले खेल्ने भूमिकाका बारेमा समेत छलफल हुने बताइएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबारका लागी संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

भोली बिहान ९ बजेपछि बस्ने गरी संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नु भएको छ ।

प्रतिक्रिया