Pura Samachar

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

प्रकाशित: September 8, 2021

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बुधबार बस्दैछ ।

बुधबारदेखि सुरु हुने दुवै संसदको अधिवेशनमा पार्टीले संसद सञ्चालन सम्बन्धी रणनीति बनाउन बैठक बस्न लागेको हो ।
बैठक दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको शङ्कर हलमा बस्ने भएको छ।

नेकपा एमालेबाट अलग भएर स्थापना गरेको एकीकृत समाजवादी पहिलोपटक संसदको बैठकमा सहभागी हुन लागेको हो । सो पार्टीले दलको नेतामा माधवकुमार नेपाललाई यसअघि नै चयन गरेको थियो ।

प्रतिक्रिया