
काठमार्डौ । पोर्चुगलले विश्वकप फुटबलको युरोपियन क्षेत्रको छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ ।
अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डो बिना नै पोर्चुगलले अजरबैजानलाई ३–० ले पराजित गरेको हो । पोर्चुगलका लागि २६ औँ मिनेटमा बेर्नार्दो सिल्भा, ३१ औँ मिनेटमा आन्द्रे सिल्भा तथा ७५ औँ मिनेटमा जोताले गरे ।
अन्तर्राष्ट्रिय जिम्मेवारीबाट बिदा पाएका रोनाल्डो अहिले परिवारसहित बिदा मनाइरहेका छन् ।
मंगलबार रातिको जितसँगै पोर्चुगल समूह ए को शीर्ष स्थानमा पुगेको छ । तर विश्वकपमा लागि सीधै छनौट हुने सम्भावना भने अझै निश्चित भएको छैन । पोर्चुगलको पाँच खेलबाट १३ अंक भएको छ ।
मंगलबार राति नै भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १–१ को बराबरीमा रोकेको सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ ।
विश्वकप छनौट अन्तर्गत मंगलबार राति भएका अरु खेलमा स्कटल्याण्डले अस्ट्रियालाई १–०, नेदरल्याण्ड्सले टर्कीलाई ६–१, क्रोएसियाले स्लोभेनियालाई ३–० तथा रुसले माल्टालाई २–० ले पराजित गरेका छन् । मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया