Pura Samachar

मुस्लिम समुदायकाे प्रतिनिधित्व माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

प्रकाशित: September 8, 2021

मुस्लिम समुदायकाे प्रतिनिधित्व माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

काठमाडाैं । नेपाली कांग्रेसमा आवद्ध नेपाल मुस्लिम संघले पार्टीको आगामी महाधिवेशनमा आफ्ना समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय सानेपामा धर्ना दिन शुरु गरेको छ ।

संघका सभापति अब्दुल सत्तार नेतृत्वको टोलीले आगामी महाधिवेशनमा आफ्नो समूदायको प्रतिनिधि सुनिश्चित गर्न पार्टी नेतृत्वलाई दवाव दिँदै केन्द्रीय कार्यालयमा धर्ना दिन शुरु गरेको हो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आफूहरुलाई प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन निर्देशिका सच्याउन पार्टी नेतृत्वलाई दबाब दिन आफूहरुले धर्ना लगायतका दबाब आन्दोलनको कार्यक्रम शुरु गर्नु परेको संघका सभापति सत्तारले बताउनुभयो ।

संघले पार्टीको सबै निकायमा सबै समूदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने पार्टीको विधान अनुसार महाविधेशन प्रतिनिधि चयन हुने गरी निर्वाचन निर्देशिका सच्याउन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९–१३ सम्म काठमाडौं हुने कार्यक्रम तय गरिएको छ । त्यसका लागि प्रतिनिधि चयनमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गराउन मुस्लिम संघले पनि पार्टी नेतृत्वलाई दबाब दिन शुरू गरेको हो ।

प्रतिक्रिया