
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणको विरोध गरिरहेका ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा अधिवक्ता स्वागत नेपाल पनि हुनुहुन्छ । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै त्रिभुवन विमानस्थलअघि विरोधमा उत्रिएका थिए ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली आज बिहान काठमाडौं आइपुगेको छ ।
प्रतिक्रिया