Pura Samachar

देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सम्भावना

प्रकाशित: September 11, 2021

देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा सम्भावना

काठमाडौं । हाल नेपालमा भारतको राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ।

हाल मौसमको अवस्था 

हाल देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ।

शनिवार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी

देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम देखिएको छ । जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन  महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया