Pura Samachar

लगानीको भरपाई भएको छैन —-व्यापारी

प्रकाशित: September 11, 2021

लगानीको भरपाई भएको छैन —-व्यापारी

डा. हरिमोहन पोखरेल

विश्वभरि नै गतः सालबाट शुरू भएको तालाबंदीबाट बंद भएका हाम्रा व्यापारी प्रतिष्ठान केही मात्रामा खुले तापनि लगानीको भरपाई नभएको कुरा व्यापारीहरूले गरेका छन ।
गतः दिन पूरा समाचार संग कुराकानी गर्दै केही व्यापारीहरूले लोकडाउनले गर्दा व्यापारमा घाटा भएको कुरा पनि जनाएका छन ।
उनीहरूले अगाडि भने कि आजभोली सामानको दाम भने चर्को भएर आएको र त्यसलाई बेच्न नसकिने र ग्राहकहरू भने सस्तो खोज्ने भएको कुरा पनि प्रकाशमा आएको छ ।
सरकारको तर्फबाट यो पहल हुदैछ त्यो पहल हुदैछ भनेर भरोसा दिन्छ तर काम भने केही पनि नभएको कुरा पनि व्यावसायिक प्रतिष्ठानका व्यक्तिहरूले कुरा गरेका छन ।
सामानहरूको लागि तिर्नुपर्ने तिरो तथा अन्य विभिन्न करहरूले गर्दा पनि सामानको दाम बढाउनुपर्ने र त्यसमा ग्राहकहरूले दुख नमानिदिने पनि ग्राहकहरूलाई आग्रह गरेका छन ।
कोहिमामा सामानको मूल्य वृद्धिले गर्दा धेरै जसो ग्राहकहरू असन्तुष्ट रहेको कुरा पनि प्रकाशमा आएको छ
आउने भविष्य नै बताउला कि कहिलेबाट व्यापारीहरूको व्यापारमा सुधार आउला त — ।

प्रतिक्रिया