Pura Samachar

एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्छ : माधव नेपाल

प्रकाशित: September 11, 2021

एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरुको चासो रहेको बताउनुभएको छ ।

युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी परिमार्जनसहित अनुमोदन हुनुपर्ने बताउनुभएको हो ।

एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्याइ देश विकासमा मात्रै सिमित हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले एमालेको पार्टी एकताका नाममा गरिएको १० बुँदे सहमतिलाई जालझेलको संज्ञा दिनुभयो ।

सर्वोच्च अदालतको जेठ २८ को फैसला अनुसार कारबाहीको औचित्य सकिएको भन्दै उहाँले संसदमा नाटक प्रदर्शन भइरहेको टिप्पणी समेत गर्नुभयो । न्यायालयदेखि संवैधानिक निकाय र नेतृत्वमाथि मानमर्दन हुँदा नेपाली राजनीतिमा गलत संस्कारको विकास भएको उहाँको भनाई थियो ।

प्रतिक्रिया