
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
शुक्रबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाला सुन तोलाको ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मुल्य ८९ हजार ८ सय रहेको छ ।
यस्तै आज चाँदी मुल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया