Pura Samachar

वैठक स्थगित गरेर सभामुख सापकोटा एमालेसँग छलफलमा

प्रकाशित: September 12, 2021

वैठक स्थगित गरेर सभामुख सापकोटा एमालेसँग छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेर संसद वैठक चल्न नदिएपछि सभामुख अग्नीप्रसाद सापकोटा सांसदहरुसँग परामर्शमा जुट्नुभएको छ ।

दोस्रोपटक शुरु भएको बैठक पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि प्रभावित भएको थियो । पटक पटकको आग्रहपछि पनि विपक्षी सांसदहरुले नाराबजी गर्न नछोडेपछि सभामुख सापकोटाले वैठक पुनः १५ मिनेटका लागि स्थगित गर्नुभएको हो । बैठक स्थगित गरेपछि सभामुख सापकोटाले सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर खड्कासहित एमालेका प्रमुख सचेक विशाल भट्टराई, सचेतक शान्त चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरिरहनुभएको छ ।

छलफलमा सभामुख सापकोटाले पटक पटक संसद वैठक अवरोध गर्दा संसदीय अभ्यासमाथि नै प्रनचिन्ह उठ्ने भन्दै सदन चल्न दिन आग्रह गर्नुभएको स्रोतले जनता समाचारलाई बताए ।

प्रतिक्रिया