Pura Samachar

नेपाली भाषाको प्रयोग कमै हुने गर्छ —सर्वेक्षण

प्रकाशित: September 13, 2021

नेपाली भाषाको प्रयोग कमै हुने गर्छ —सर्वेक्षण

डा. हरिमोहन पोखरेल

भारतको सुदूर उत्तरपूर्व स्थित नागालैंड राज्यमा नेपाली भाषाको प्रयोग कमै मात्रामा गर्ने गरेको कुरा एउटा सर्वेक्षणले खुलासा गरेको छ ।
गतः केही दिन अगाडिबाट पूरा समाचारले गरेको सर्वेक्षणमा प्रदेशमा नेपालीहरूको कमी नभएको भए पनि बोली -चालीको भाषा भने मूलतः नागामिस भाषा नै प्रयोग गरेको पाइन्छ ।धेरै जसो नेपालीहरूले आफ्नो घरमा पनि नागामिस नै बोल्ने गर्छन।त्यसैको परिणाम स्वरुप नै बाहिरबाट आउने मान्छेहरूले जान्न पाउदैनन कि यो नेपाली भाषी हो या होइन ।जो नागामिसमा नै बात गरी रहेका हुन्छन भन्ने पनि सर्वेक्षणले प्रष्ट पारेको छ ।
धेरै जसो नानीहरू पनि नेपाली भाषाको प्रयोग नगरेर नागामिसमा नै गरेको हुनाले प्रायः जसो नेपाली भाषा जान्दैनन जसले गर्दा हिंदी भाषामा पनि दखल पर्न गएको कुरा सर्वेक्षणबाट स्पष्ट हुन्छ ।
आफ्ना अभिभावकहरू पनि सजग नभएको र नेपाली भाषाको बोली चाली घरमा नगरेकोले गर्दा आफ्नै मातृभाषामा पछाडिको कुरा पनि नानीहरूले गरेको कुरा सर्वेक्षणले भन्छ ।
सङ्गीतको क्षेत्रमा पनि धेरै जसो नानीहरू पनि अंग्रेजी गीत संगीत रूचाउने र धेरै समय त्यसैमा बिताउने भएकोले पनि भाषाई बोलचालमा पछाडिएको कुरा पनि सर्वेक्षणले खुलासा गरेको छ ।
हेर्दै जाऔ आउने भविष्यमा कहां सम्म सुधार आउला —-???

प्रतिक्रिया