
काठमाडाैं । विगत २४ घण्टामा देशभर १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनसंख्या तथा स्वास्थय मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १६ हजाराभन्दा बढी नमुनामा परीक्षण गरिएकाेमा १ हजार ४८६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार साेही अवधिमा १ हजार २६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । याेसँगै ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको छ ।
प्रतिक्रिया