Pura Samachar

एकिकृत समाजवादी संसदीय दलकाे प्रमुख सचेतकमा सिग्देल नियुक्त

प्रकाशित: September 13, 2021

एकिकृत समाजवादी संसदीय दलकाे प्रमुख सचेतकमा सिग्देल नियुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को वागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देल नियुक्त हुनुभएकाे छ । साेमवार बसेकाे दलकाे बैठकले प्रमुख सचेतकमा सिक्देलाई नियुक्त गरेकाे हाे ।

दलका नेता राजेन्द्र पाण्डेले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुुमागाईलाई प्रस्ताव गर्नुभएकाे छ।

त्यस्तै, सोमबार बसेको दलको बैठकले वागमतीमा एमालेको सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय समेत गरेको छ । गठबन्धनमा सामेल भएका दलहरू कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्नका लागि बैठकले पाण्डेलाई जिम्मा दिएको छ ।

मुख्यमन्त्री शाक्या अल्पमतमा परिसकेकाले नयाँ सरकार गठनका लागि पहल शुरू गर्ने पनि बैठकमा निर्णय भएकाे एकिकृत समाजवादी वाग्मती प्रदेशले जनाएकाे छ ।

गठबन्धनकाे तर्फबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी गर्नुभएकाे छ ।

प्रतिक्रिया