
डा. हरिमोहन पोखरेल
नागालैंड राज्यमा बढ्दो ट्याक्सीहरू देखेर समय -समयमा पुलिसले सकारात्मक कदम नउठाएको पनि होइन ।फेरि पनि आज दिन -प्रतिदिन बढ्दो ट्याक्सीहरूलाई लिएर झन -झन समस्या भएको कुरा एकजना वरिष्ठ ट्याक्सी चालक बताउछन ।
यसै गरी बढ्दो ट्याक्सीले पैसेंजर नपाएर आफ्नो जीवन धान्नै समस्या परी रहेको र अन्य प्रशासनको तर्फबाट उठाइएको कदमले पनि लामो ट्याक्सी चलाउन नसकिने कुरा पनि अर्को एकजना नवीन ट्याक्सी चालकले बताए ।
समय -समयमा ट्राफिक प्रहरी र संबंधित एरियाका युवाहरू पनि थप कार्यवाही गर्ने गरेकोले गर्दा पनि आफूलाई अफटेरोमा परेको कुरा पनि एकजना वरिष्ठ चालकले बताउँछन।
स्मरण रहोस आजभोली नागालैंड राज्यमा बढ्दो ट्याक्सीले गर्दा चालकहरूलाई समस्या नै समस्याले घेरेको कुरा थाहा पाइन्छ ।हेर्दै जाऊ कहिले सम्ममा यो समस्याको हल निस्किएला ।त्यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया