
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नेतृत्व कार्यकारी निर्देशक निरज गिरीले पाउनुभएको छ । अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेको अवस्थामा बोर्डको जिम्मेवारी गिरीलाई दिएको हो ।
सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि छानबिन गर्न मन्त्रिपरिषद्ले समिति गठन गरेसँगै ढुंगाना निलम्बनमा पर्नुभएको थियो । ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीलाई दिइएको हो ।
प्रतिक्रिया