
डा. हरिमोहन पोखरेल
कन्फिडरेसन अफ नागालैंड चयामबर अफ कमर्स (CNCOM)को आयोजनामा आज एकदिने नागालैंड राज्य बंदको घोषणा गरेको छ ।
पूरा समाचारले प्राप्त गरेको समाचार अनुहार नागालैंड राज्यमा केही भूमिगत संस्थाहरूले आफ्नो करलाई ज्यादै मात्रामा बढाएकोले गर्दा एकदिने बंद गर्नु परी रहेको कुरा पनि पूरा समाचारले थाहा पाएको छ ।
विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार भूमिगत सङ्गठनहरू द्वारा धेरै नै मात्रामा ट्याक्स बढाएकोले गर्दा व्यवसायी संस्थानहरूले आफ्नो सामानहरूको दाम बढाउनुपर्ने भएको कुरा पनि थाहा लागेको छ ।
स्मरण रहोस् आज एकदिने बंदको आवाह्न गरे तापनि ट्याक्सी र बाहनहरू गुडी रहेका छन भने कोहिमा र डिमापुरमा भने व्यवसायी संस्थाहरू चाहिं बंद नै छन ।यो समाचार लेखुंजेल सम्म कतै कोही अप्रिय समाचार पाइएको छैन ।
प्रतिक्रिया