
रामेछाप । काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर ३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेराे दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मन्थली नगरपालिकाकाे कुनौरी बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र खिजीदेम्बा-२ का सवारी धनी वाङछु शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ।
दुर्घटनामा ७ वर्षीय बालक ढावा शेर्प गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका शेर्पालाइ तामाकाेशी सामुदायिक अस्पताल मन्थली रामेछापमा प्राथमिक उपचार पछि प्रहरी सहित थप उपचारका लागि काठमाण्डाैं पठाइएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरमा सडक देखी करीव ७ सय मिटर तल तामाकोशी नदीमा खसेको थियो ।
प्रतिक्रिया