
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्ने भएको छ । वरिष्ठ नेता पौडेलले आज दिउँसो आफूनिकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो।
आजको छलफल आगामी १४औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने, डडेल्धुरामा एकलौटी रुपमा भएको वडा अधिवेशन लगायतका विषयमा हुने बताइएको छ ।
डडेल्धुरामा संस्थापन पक्षले एकलौटी रुपमा महाधिवेशन गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । यस्तै आगामी महाधिवेशनमा पौडेल पक्षले साझा उम्मेदवार उठाउने बताएपनि आकांक्षीहरु धेरै भएकाले व्यवस्थापनमा समस्या भइरहेको छ
प्रतिक्रिया