
सुर्खेत। सुर्खेतमा नक्कली लालपूर्जा बनाएर जग्गा बिक्री गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर ९ का २५ वर्षीय दिपक झा र २७ वर्षीय कविर खाँण छन् ।
उनीहरुले वीरेन्द्रनगर ९ कै स्थानीय सुवास घतानेलाई किता नं. १५८ र १६४ को जग्गा कायम गरी बिक्री गरेका थिए। मालपोत कार्यालयले नक्कली पूर्जा बनाएर जग्गा बिक्री गर्न खोज्ने झा र खाँणलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो।
उनीहरुले नक्कली पूर्जा, कार्यालयको सही छापर हस्ताक्षर किर्ते गरेर जग्गा बिक्री गरेको मालापोत कार्यालय सुर्खेतका प्रमुख जनकबहादुर हमालले जानकारी दिनुभयो। घतानेलाई झुक्काएर केही रकम समेत लिइएकेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरमा जग्गाको कारोबार बढेपछि कार्यालयले हाल अनलाइन प्रणालीबाट जग्गा कारोबारको गर्दै आएको छ ।
अनलाइन प्रणालीबाट जग्गाको कारोबार गरे पनि अन्तिम रुजु गर्ने काम भने मालपोतले नै गर्दछ। तर भार खाँणले मालपोत कार्यालयमा आफैँ काम गरिदिने बहानामा लालपुर्जामा नक्कली सही र कार्यालयको छाप दुरुपयोग गरी घतानेलाई झुक्काएका हुन् ।
घतानेले भदौ २९ गते मालपोतमा पुगेर जग्गाको धनी पूर्जा हेर्न खोज्दा नक्कली भएको खुलेको थियो । पक्राउ परेकाविरुद्ध सरकारी कार्यालयको सही छाप र हस्ताक्षर दुरुपयोग गरेको अभियोगमा मुद्धा चलाउने तयारी भइरहेको एसपी पदम विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया