Pura Samachar

नागालैंडमा पनि विश्वकर्मा पूजा

प्रकाशित: September 17, 2021

नागालैंडमा पनि विश्वकर्मा पूजा

भारतको सुदूर उत्तरपूर्व स्थित नागालैंड राज्यमा पनि आज वास्तुकला तथा कौशलका देवता विश्वकर्माको पूजा राज्यका विभिन्न ठाउँमा पारंपरिक र हर्षोल्लासका साथ मनाएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार आज विभिन्न गाडीका वर्कशॉप तथा मोटरका विविद एसेसरीज बिक्री गर्ने ठाउँमा पनि मनाउदै गरेको देखियो ।सबै जग्गामा कोविद -19 को प्रोटोकॉल फोलो गर्दै पूजामा भजन बजाउदै गरेको सुन्न पाइयो ।विश्वकर्माको पूजा गरे पश्चात सबैलाई प्रसादी वितरण गरेको कुरा पनि पूरा समाचारलाई प्राप्त भएको छ ।आज विश्वकर्माको पूज्य हाईस्कूलका विभिन्न ठाउँहरू, कोहिमा टाउन लगायत विभिन्न कोलोनीहरूमा पनि मनाएको र ईश्वरबाट आशीर्वाद लिएको समाचार प्राप्त भएको छ ।
स्मरण रहोस नागालैंडमा हिन्दुहरु अल्पसंख्यक भए पनि समय -समयमा यस्ता खालका पर्वहरू मनाउने गर्छन ।जो आफैमा अलग्ग पहचान बनाई रहेका हुन्छन ।

प्रतिक्रिया