
काठमाडाैं। बितेको २४ घण्टामा देशभर १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार १, ५५८ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, साेही अवधिमा संक्रमणबाट थप १० जनाको मृत्यु भएकाे छ । मन्त्रालयका अनुसार हालसम्म मृतकको कूल संख्या ११ हजार १२ पुगेको छ ।
कूल संक्रमितमध्ये हालसम्म ७ लाख ४६ हजार ५६६ जना निको भइसकेकाे मन्त्रालयले जनाएकाे छ ।
हाल देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया