
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनसम्बन्धी पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल शुरू गर्नुभएकाे छ ।
देउवाले विवाद समाधानका लागि पार्टीका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल शुरू गर्नुभएकाे हाे ।
संस्थापनइतर समूहले देउवाकै गृहजिल्लामा भएको वडा अधिवेशन अमान्य हुने बताएपछि देउवाले संवाद शुरू गर्नुभएकाे हाे । सभापति देउवा र पार्टीका शीर्ष नेतासँगकाे छलफल अहिले जारी छ ।
बालुवाटारमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागि हुनुभएकाे कांग्रेस स्राेतले जानकारी दिएकाे छ ।
प्रतिक्रिया