Pura Samachar

जगदीश मुखी नागालैंडका नया राज्यपाल

प्रकाशित: September 18, 2021

जगदीश मुखी नागालैंडका नया राज्यपाल

डा. हरिमोहन पोखरेल

कोहिमा /प्रो.जगदीश मुखी नागालैंड राज्यका अठाइसौ राज्यपालको रूपमा हिजो साँझ राज्यको दरबार हलमा आयोजित एउटा सानो कार्यक्रममा पद र गोपनीयता शपथ लिए।
शपथ ग्रहण पश्चात मीडियालाई संबोधन गर्दै मुखीले भने कि असमको कार्यभार रहँदा रहॅदै पनि राष्ट्रपति भवन द्वारा नागालैंड राज्यका जनताहरूको सेवा गर्न पाउनु मेरो लागि गौरवको कुरा हो ।
उनले अगाडि भने कि यस राज्यमा हरेक तप्कामा रहेका मानिसहरूको समस्यालाई समाधान गर्नु मेरो सरकारको पहिलो प्राथमिकता रहने छ ।
स्मरण रहोस् प्रो. मुखी असमका राज्यपाल हुन र उनलाई गतः साता राष्ट्रपति भवन द्वारा जारी आदेश अनुसार नागालैंड राज्यको अतिरिक्त भार दिएको हो ।

प्रतिक्रिया